सेनाको जागिरबाट खाडी गएपछि: भिम लुइँटेलको व्यक्तिगत संघर्ष र व्यवसायीक उद्यम

सेनाको जागिरबाट खाडी गएपछि: भिम लुइँटेलको व्यक्तिगत संघर्ष र व्यवसायीक उद्यम
भिम लुइँटेलको व्यक्तिगत संघर्ष

स्याङ्जा, वालिङ

स्याङ्जाका भिम लुइँटेल द्वन्द्वकालमा परिवारको १२-१५ लाख ऋण भएपछि सेनाको जागिरले परिवारलाई धान्न गाह्रो भयो, त्यसपछि उनले नेपाली सेनाको जागिर छाडेर खाडी गए। वैदेशिक रोजगारबाट ऋण तिरिसकेपछि ४ लाख बचाएर नेपाल आए, उक्त रकमले परिवारको लागि किराना पसल राखिदिए, आँफुले भने ३ लाख ऋण लिएर बंगुर पालन सुरु गरे। 

व्यवसायीक लाभ भएसंगै ३ लाखको लगानी ९ करोड पुग्यो तर अचानक बंगुरमा रोग लागेपछि बजारमा लान तयार रहेका १,५०० हाराहारीमा बंगुर मरे, बंगुरले लाभ दिने बेलामा उनीहरुलाई खाल्डो खनेर पुर्दा उनको व्यवसाय अहिले संकटको अवस्थामा छ।

अहिले उनको खोरमा रहेका २५० बंगुरलाई खुवाउने दाना नभएपछि उनले आफ्नो परिवारका लागि घरमा राखेको धान कुटेर बंगुरलाई खुवाईरहेका छन्। 

उनी भन्छन्, 'हाम्रो नेपाली दाजुभाइहरु कोरिया गएर बंगुर फार्ममा काम गर्दा ४ लाख तलब पाउँछन् भने नेपालमा सकिन्न र? आट्ने हो भने सकिन्छ। हाम्रो व्यवसाय उचाइमा रहेको बेला फार्ममा भाले नलागेकै हुन्थेन, जन्मने बच्चा नै बुक हुन्थ्यो, मानिसहरू बंगुरको बच्चा लिनको लागि पावर लगाउँथे। अहिले मसंग भएको संरचना फुल फेजमा चल्ने हो भने महिनाको ५० लाखसम्मको कारोबार गर्न सकिन्छ। व्यवसायमा सजिलोसँग प्रगती हुँदैन, व्यवसाय सुरु गर्न पैसा भन्दापनि आँट र आइडिया चाहिन्छ, सरकारले पनि कृषि कर्जा लिने प्रक्रिया र कर्जा धितोमा सुधार गरे कृषि पेशामा भविष्य देख्ने धेरै व्यक्तिहरुकाई सजिलो हुनेथियो।'

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url