नागरिक उन्मुक्ती सुदूरपश्चिम सरकारमा जान तयार, सातै सांसदले गाडी सुबिधा पाउने गरी सहमती

नागरिक उन्मुक्ती सुदूरपश्चिम सरकारमा जान तयार, सातै सांसदले गाडी सुबिधा पाउने गरी सहमती

काठमाडौँ,

सत्तारुढ दल नागरिक उन्मुक्ती पार्टी अन्ततः सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा मुख्यमन्त्री कमल शाह, नागरिक उन्मुक्तीका संरक्षक रेशम चौधरी सहित बालुवाटारमा भएको छलफलपछि उन्मुक्ती सुदूरपश्चिम सरकारमा जान सहमत भएको हो । मंगलबार गरी दुई पटक बालुवाटारमा भएको छलफलपछि सो पार्टी सरकार जान सहमत भएको हो ।

प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री कमल बहादूर शाह सहितको छलफलपछि दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको नागरिक उन्मुक्तीका एक सांसदले बताए । सरकारले बिहीबार पूर्णता पाउने उनले बताएका छन् । यहाँ ४ वटा संसदीय समिति रहेको छ । भने उपसभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी रहेकी छिन् । भने, सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले यसअघि पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो । साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि रोकिएको थियो ।

यहाँ नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन् । २ जना सांसदलाई यसअघि नै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी दिइसकेको छ । अब बाँकी ५ जनामध्ये एक मन्त्री, एक राज्यमन्त्री, २ सभापति र एक जनालाई उप सभामुख दिइने सहमती भएको पार्टीले जनाएको छ । हाल संसदिय दलका नेता र प्रमुख सचेतकले गाडी सुबिधा लिइरहेका छन् । बाँकी ५ जना प्रदेशसभा सदस्यहरुलेपनि सहमती अनुसारको जिम्मेवारी पाए गाडी सुबिधा पाउने छन् । 

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url